Pic: Hydroponics Technology |
Hydroponics प्रबिधि बिशेष गरि तरकारी उत्पादन गर्न बढी प्रयोग गरिन्छ l यो प्रविधिले उत्पादित तरकारी छिटो बढ्ने र रोग किराको सङ्क्रमण पनि कम हुने हुन्छ l पाते साग , टमाटर , खुर्सानी , गोबी , आदि लगायतका तरकारी उत्पादन गर्न यो प्रविधिको बढि प्रयोग भएको छ l
बिरुवालाई बढ्नका लागि माटोको सट्टा बढ्ने माध्यमका रुपमा प्रयोग गरिने चिजहरु :
१. नरिवलको Cocopit,
२. धानको बिया
३. Granite, Vermiculite , Perlite , आदि ढुंगालाई १६०० °C तापक्रममा तताएर कपासको फर्म जस्तो आकार दिने
४. भेडाको उन
लगायतका विभिन्न बस्तुहरु जसले बिरुवा बढ्ने माध्यमका रुपमा बिरुवाको बिकासको लागि यस प्रविधिमा प्रयोग गरिन्छ l
इन्डोनेसिया भ्रमणका क्रममा लिएको भिडियो हेर्नुहोस्
यी बस्तुहरुले बिरुवालाई आवस्यक पोशाक तत्व भने उपलब्ध गराउदैनन l यस प्रविधिमा बिरुवालाइ आवश्यक सम्पूर्ण पोशक तत्व पानीको बहाब संगै उपलब्ध गराउने गरिन्छ l
Hydroponics प्रविधिमा पानीको नोक्सान पनि कम हुन्छ l प्रयोग भइसकेको पानीलाई पुन चक्रीय तवरले पुन प्रयोग गरिन्छ l बिरुवालाई आवश्यक पोशक तत्व ट्यांकीमा जम्मा भएको पानीमा आवस्यक अनुरुप राखिन्छ र यी तत्व पानी संगै प्रवाह हुने गर्दछ l सुरुवातमा बढी खर्च लागेपनि यो प्रविधिलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकाले ब्यबसायीक रुपमा हेर्दा पनि महत्वपुर्ण कृषि प्रबिधि मान्न सकिन्छ l
Hydroponics प्रबिधि आजको बढ्दो कृषि बस्तुको माग परिपूर्ति गर्नको लागि अपरिहार्य जस्तो बनिसकेको छl आधुनिक कृषि प्रविधिको एक फरक कृषि बिकास जसको प्रयोग सहरी कृषि फार्म जहा कम जग्गा छ र छिटो बजारको माग पनि अधिक छ तेस्तो स्थानमा अझ प्रभावकारी हुनेछ l मलिलो माटोको अभाब , धेरै रोगको संक्रमण भएको माटोमा पनि यो प्रबिधि प्रयोग गर्न सकिन्छ l
नेपालमा Hydroponics Technology अनुसन्धानका लागि प्रयोग भएको र अझै बिस्तारित एबम ब्यबसायीक रुपमा अगाडी बढ्न सकेको छैन l यो प्रबिधि नेपालमा ब्यबसायीक रुपमा अगाडी बढाउन सकियो भने नेपाली कृषि प्रविधिले पनि फड्को मार्न सक्नेछ l यो खेति प्रबिधि बढ्दो सहरीकरण संगै जनसंख्या बृदिको को माग परिपूर्ति गर्नलाइ एउटा कोसे ढुंगा पनि साबित हुनेछ l