Thursday, November 28, 2019
Tuesday, November 26, 2019
घट्दैछ हाम्रो परम्परागत कृषि खाद्यान्नको प्रयोग
कृषि प्रदान देश नेपाल जहाका ६५ प्रतिशत भन्दा बढी
जनसंख्या कृषिमा आश्रित छन् l नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ l
बढ्दो सहरीकरण र आधुनिकरणले ग्रामिण परिबेशमा पनि आधुनिकता भित्रिरहेको छ जसको
कारणले गर्दा परम्परागत कृषि खाद्यान्नको प्रयोग
पनि घट्दै गएको छ l अतिथि देबो भब: नेपाली
संस्कृतिको सबैभन्दा पहिलो बिशेषता
जसले गर्दा पाहुनालाई गर्ने मान सम्मान विश्व माझ परिचित छ l
कुनै बेला थियो पाहुना आउदा घरमा भएको मकै , सिरम्ला , खट्टे भुटेर महि संग खुवाउने खाजाको
रुपमा l बहुसांस्कृतिक, बहुजातियुक्त हाम्रो समाजमा आफ्नै तरिकाले पाहुनालाई
सत्कार गर्ने चलन छ l
नेपालमा प्रचलित परम्परागत खाद्यन्न:
Ø
मकै , भटमास , खट्टे , सिरम्ला भुटेर खुवाउने
Ø
गाईको
गोरस वा भैसीको महि
Ø
कोदो , चामल , फापरको रोटि
Ø
घरको करेसाबारीमा उत्पादित फलफुल तथा तरकारी
तर
आजभोली यो संस्कृति हट्दै गएको छ l पाहुना आएमा सिदै बजारमा पाइने चाउचाउ , पाउरोटी आदि
खालका जंक खाद्यन्नको प्रयोग बढ्दो छ l घरको परम्परागत खाद्यन्न खुवाउनु भन्दा बजारमा
पाइने खाद्यान्न खुवाउदा बढी प्रतिष्ठाको बिषय बनिसकेको छ l यो खालको प्रवृतिले पनि
परम्परागत खाद्यन्न घट्दो छ l यो सोच्न पर्ने बिषय बनेको छ l
त्यसै
गरि स्थानीय स्तरमा उत्पादित खाद्यान्न पौष्टिकताको दृष्टिले पनि महत्वपूर्ण रहेका छन् l अहिले बजारमा उपलब्ध
मोमो , चाउचाउ , चाउमिन , लगायतका अन्य चिज स्वास्थ्यको दृष्टिले
पनि फाइदा जनक हुदैनन् l
नेपालमा कृषि
पर्यटनको सम्भावना पनि धेरै छ l जसकालागि यी परम्परागत खाद्यान्न पनि कृषि पर्यटनको
महत्वपुर्ण पाटो हुन् l धेरै आन्तरिक तथा बाह्य पर्यटक यस्तै खाद्यान्नको अनुभब
लिन पनि आउने गर्दछन l नेपाली समुदायमा लोप हुदै गएको यो संस्कृतिलाई आ-आफ्नो स्थानबाट
महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ l