Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More

Thursday, March 22, 2018

Hydroponics प्रबिधि - पानीमा गरिने कृषि प्रबिधि

 Upakar Bhandari     9:50 PM     Agriculture     1 comment   

Pic: Hydroponics Technology
माटो बिना पानीमा गरिने खेति लाई Hydroponics प्रबिधि भनिन्छ जसको बिकास सन् १९२९ मा क्यालीफोर्निया बिश्वबिद्यालयमा अध्ययनरत William Frederick Gericke ले बिकास गरे l आधुनिक कृषि प्रणालीको बिशेष उपलब्धि मान्न सकिन्छ यो प्रबिधिलाई l विभिन्न बिकसित देशहरुमा यो प्रविधिको प्रयोग धेरै भएको पाइन्छ l

Hydroponics प्रबिधि बिशेष गरि तरकारी उत्पादन गर्न बढी प्रयोग गरिन्छ l यो प्रविधिले उत्पादित तरकारी छिटो बढ्ने र रोग किराको सङ्क्रमण पनि कम हुने हुन्छ l पाते साग , टमाटर , खुर्सानी , गोबी , आदि लगायतका तरकारी उत्पादन गर्न यो प्रविधिको बढि प्रयोग भएको छ l बिरुवालाई बढ्नका लागि माटोको सट्टा बढ्ने माध्यमका रुपमा प्रयोग गरिने चिजहरु : १. नरिवलको Cocopit, २. धानको बिया ३. Granite, Vermiculite , Perlite , आदि ढुंगालाई १६०० °C तापक्रममा तताएर कपासको फर्म जस्तो आकार दिने ४. भेडाको उन लगायतका विभिन्न बस्तुहरु जसले बिरुवा बढ्ने माध्यमका रुपमा बिरुवाको बिकासको लागि यस प्रविधिमा प्रयोग गरिन्छ l

इन्डोनेसिया भ्रमणका क्रममा लिएको भिडियो हेर्नुहोस्



यी बस्तुहरुले बिरुवालाई आवस्यक पोशाक तत्व भने उपलब्ध गराउदैनन l यस प्रविधिमा बिरुवालाइ आवश्यक सम्पूर्ण पोशक तत्व पानीको बहाब संगै उपलब्ध गराउने गरिन्छ l Hydroponics प्रविधिमा पानीको नोक्सान पनि कम हुन्छ l प्रयोग भइसकेको पानीलाई पुन चक्रीय तवरले पुन प्रयोग गरिन्छ l बिरुवालाई आवश्यक पोशक तत्व ट्यांकीमा जम्मा भएको पानीमा आवस्यक अनुरुप राखिन्छ र यी तत्व पानी संगै प्रवाह हुने गर्दछ l सुरुवातमा बढी खर्च लागेपनि यो प्रविधिलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकाले ब्यबसायीक रुपमा हेर्दा पनि महत्वपुर्ण कृषि प्रबिधि मान्न सकिन्छ l 

Hydroponics प्रबिधि आजको बढ्दो कृषि बस्तुको माग परिपूर्ति गर्नको लागि अपरिहार्य जस्तो बनिसकेको छl आधुनिक कृषि प्रविधिको एक फरक कृषि बिकास जसको प्रयोग सहरी कृषि फार्म जहा कम जग्गा छ र छिटो बजारको माग पनि अधिक छ तेस्तो स्थानमा अझ प्रभावकारी हुनेछ l मलिलो माटोको अभाब , धेरै रोगको संक्रमण भएको माटोमा पनि यो प्रबिधि प्रयोग गर्न सकिन्छ l नेपालमा Hydroponics Technology अनुसन्धानका लागि प्रयोग भएको र अझै बिस्तारित एबम ब्यबसायीक रुपमा अगाडी बढ्न सकेको छैन l यो प्रबिधि नेपालमा ब्यबसायीक रुपमा अगाडी बढाउन सकियो भने नेपाली कृषि प्रविधिले पनि फड्को मार्न सक्नेछ l यो खेति प्रबिधि बढ्दो सहरीकरण संगै जनसंख्या बृदिको को माग परिपूर्ति गर्नलाइ एउटा कोसे ढुंगा पनि साबित हुनेछ l     


  • Share This:  
Newer Post Older Post Home

1 comment:

  1. AnonymousDecember 1, 2022 at 5:33 AM

    Baazi Store hosts broad variety|all kinds} of collections in Roulette Casino tables throughout budget and magnificence. The commonplace roulette desk comes with a 20-inch wheel and measures around eight x 4 ft. The product is around 100 kg in weight and is made up of industrial quality quality} termite-resistant wood. With a clean finish and long-lasting impression, this roulette wheel is composed of wood and out there in} a complicated black finish. The bowl is surrounded by metal diamonds and 바카라 사이트 has a metal inside wheel.

    ReplyDelete
    Replies
      Reply
Add comment
Load more...

Popular Posts

  • सयपत्री फुल खेति ll Marigold Flower Production in Nepal
  • Commercial Ostrich Farm In Nepal
    Ostrich in Madhawaliya, Rupandehi Commercial Ostrich Farm In Nepal Which is the largest bird in the World? Name the biggest egg lay...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ►  2023 (1)
    • ►  March (1)
  • ►  2022 (2)
    • ►  November (1)
    • ►  January (1)
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ►  2019 (9)
    • ►  December (1)
    • ►  November (2)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ▼  2018 (20)
    • ►  December (1)
    • ►  November (5)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ▼  March (1)
      • Hydroponics प्रबिधि - पानीमा गरिने कृषि प्रबिधि
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • सुन्दर जीवन
  • घट्दैछ हाम्रो परम्परागत कृषि खाद्यान्नको प्रयोग
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala