Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Friday, March 3, 2023

रैथाने केराका कुरा

 Upakar Bhandari     7:53 AM     Agriculture, Health, More, Nepal, Tourism     No comments   

  केराका कुरा






सत्यवती गाउँपालिका वडा नं-६ चेंगाका कृषक हरिलाल ढकालले लगाउनु भएका विभिन्न रैथाने केराका जात अनि तिनका गुणका कुरा l
१. डीग्नी ( औषधीय गुण भएको)
२. फुस्रे (अन्य केरा भन्दा तुलनात्मक रुपमा बढी गुलीयो)
३. झब्री (बोट बढी अग्लो हुने र लामो समय भण्डारण क्षमता भएको )
४. भुइँ केरा ( बोट एकदम होचो हुने र फल सानो हुने)
५. माल्भोग ( स्वादिलो केरा)
६. मर्चे (सानो कोसा हुने तथा महिलाहरुमा गर्भावस्था पछी हुने विविध समस्या कम गर्ने) यि बाहेक उहाकोमा झापाली माल्भोग, G-9 जातका केरा र कागती, सुन्तला, भुइकटहर जस्ता फल छन ।
Read More
  • Share This:  

Saturday, January 15, 2022

माघे (मकर) संक्रान्तिको शुभकामना

 Upakar Bhandari     2:08 AM     Agriculture, Entertainment, Health, History, More, Nepal, Religion, Tourism     No comments   

 २ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मशान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे संक्रान्तिबाट शुरु भएका वर्षका दिनहरु क्रमशः विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । 


आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?

तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसंग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, "खिचडीके चार यार, दही पापड घी अा अचार" । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यि कुराहरु कि अन्य कुराहरुसँग खिचडी तातोतातो खाने सोचमा हुनुहुन्छ ?

जाडोको समयको यो न्यानो चाड माघे संक्रान्तिले दैलोमा ढकढक्यायो । विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगार्इ, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त अाजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।

आउनुहोस यस दिनको धार्मीक र पौराणीक मान्यताका बारेमा चर्चा गरौ, महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभुमीमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । अानन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि 'निसराउ' अर्थात उपहारहरु दिएर पठाउने चलन छ । 

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।
साभार: हाम्रो पात्रो


Read More
  • Share This:  

Wednesday, April 15, 2020

मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन

 Upakar Bhandari     1:17 AM     Agriculture, Health, More, Nepal     No comments   

परिचय
अमेरिकन फौजीकीरा  (American Fall Armyworm-FAW, Spodoptera frugiperda) मकै बालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । यो कीरा काउली बन्दामा लाग्ने सुर्तिको लार्भा  (Tobacco Caterpiller) सँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यस कीराको लार्भाले मकै लगायत ३५३ विभिन्न प्रजातिका बिरुवाहरुमा नोक्सानी पुर्याउन सक्ने तथ्य जानकारीमा आएको छ । मुख्यतया, मकै बाली मन पराउने यस कीराले मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु, तेल बालीहरु, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु बालीहरुमा समेत क्षति पुरयाउन सक्दछ ।

यो कीरा आक्रामक तवरले छिट्टै ठूलो क्षेत्रमा फैलन सक्ने मिचाहा प्रवृत्तिको हुन्छ । उपयुक्त आहारा तथा आवहवाको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५०० किलो मिटर टाढासम्म पनि उडेर जान सक्दछ । सन् २०१५ सम्म अमेरिकामा सीमित रहेको यो कीरा सन् २०१६ मा पहिलो पटक अफ्रिकी देश नाइजेरीयामा पहिचान भई हालसम्म त्यस महादेशका अन्य थप ३० देशहरु, र सन् २०१८ को मई महिनामा एशिया महादेशमा भारतको कर्नाटका राज्यमा पहिचान भई हालसम्म अन्य देशहरु जस्तै बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड, इण्डोनेशीया, जापान, कोरीया, लाओस, मलेसीया, चीन, ताइवान तथा यमनमा फेला परिसकेको छ । नेपालमा यस कीराको प्रवेश गरेको आधिकारिक पुष्टि मिति २०७६ श्रावण २७ गते बसेको राष्ट्रिय बिरुवा संरक्षण संगठनको १९ औं बैठकले देशका विभिन्न स्थानहरुबाट संकलित नमुनाहरुको डीएनए परीक्षणबाट प्राप्त नतिजाहरुको आधारमा गरेको थियो ।

फौजी किराले नोक्सान पारेको मकै 

क्षतिको लक्षण
लार्भा अवस्थाले मकैको पात, गुभो, धानचमरा, जुँगा, घोगा तथा डाँठमा समेत क्षति पुरयाउँछ । झुण्डमा पारिएका फुलहरुबाट निस्कने बित्तिकै सानो लार्भाले शुरुमा वरिपरिको पातको बाहिरी सतहमा मात्र कोत्रेर खान्छ, जसले गर्दा पातमा सिसाको झ्याल जस्तो आकृतिहरु देखिन्छन् । त्यसपछि यी लार्भाहरु आँफैले बनाएको रेसाहरु र हावाको मद्दतले अन्य बोटहरुमा फैलिन्छन् । कलिलो अवस्थाको मकैको गुवोभित्र प्वाल पारी पस्दै खान थाल्दछन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स–साना प्वालहरु परेको देख्न सकिन्छ । लार्भाहरु बढ्दै जाँदा परभक्षि स्वभावका समेत हुन्छन् । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा पनि प्रशस्त मात्रामा देखिन्छ । यस कीराबाट अत्यधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरु छियाछिया भएको देखिन्छ । बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्दछ ।

अन्य पुतली वर्गका कीराहरुजस्तै यस कीराको पनि जीवनचक्रमा ४ अवस्थाहरु (अण्डा, लार्भा, प्युपा र वयस्क) हुन्छन्, जुन पुरा गर्न २८ देखि ४८ दिनसम्म लाग्ने गर्दछ भने नेपालमा खुमलटारको प्रयोगशालामा गरिएको अध्ययन अनुसार २७ डिग्री सेल्सियसमा २७ देखि ३२ दिनसम्म लागेको पाइएको छ । अत्यधिक वर्षाको अवस्थामा यसको जीवन चक्रमा प्रतिकूल प्रभाव पर्दछ । नयाँ ठाउँमा पहिलो पुस्ता अन्यत्रबाट आएर आक्रमण गर्ने र त्यस पछि उष्ण हावापानी भएका क्षेत्रमा वर्षमा ४ देखि ६ पुस्तासम्म र चिसो मौसम हुने क्षेत्रमा २ पुस्तासम्म हुनसक्ने अनुमान छ ।


 
व्यवस्थापन
      यो खतरनाक कीरा भएकोले सबै सरोकारवालाहरु र कृषकहरु यस कीराको ब्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ । यो कीराको ब्यवस्थापनको निम्ति एउटै मात्र उपाय प्रभावकारी हुन सक्दैन । त्यसैले यो कीराको ब्यवस्थापनका लागि निम्न बमोजिमका एकिकृत शत्रुजीव ब्यवस्थापनका उपायहरु अवलम्बन गर्नु पर्छ ।
Ø खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।
Ø मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने ।
Ø एउटा पकेट क्षेत्रमा सकेसम्म एकै समयमा र अगाडि मकै रोप्ने ।
Ø मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।
Ø डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने  जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
Ø बिरुवालाई स्वस्थ्य र कीराको क्षति सहनसक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।
Ø मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid)  ४८ प्रतिशत एफ एस ( Flowable concentrate for seed treatment) बिषादी प्रति किलोग्राम बीउमा ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।
Ø निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरु संकलन गरी नष्ट गर्ने ।
Ø पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल (Papery window) हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।
Ø मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक विषादीहरु आलोपालो गरी विषादी मिसाएको घोल प्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नु पर्दछ ।
१.    इमामेक्टिन बेन्जोएट (Emamectin Benzoate ) (Kingstar) ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले
२.    स्पाइनोस्याड (Spinosad) ४५ प्रतिशत एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।
लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थाले पछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा विषादी प्रयोग नगर्ने । त्यसैले, मकै बालीमा कीराको क्षतिको लक्षणहरु देखिनासाथ विषादीको प्रयोग वा अन्य व्यवस्थापन विधि अपनाई नियन्त्रण गर्नु पर्दछ । रासायनिक विषादीको प्रयोग गर्दा सुरक्षात्मक उपायहरु (मास्क, चस्मा, पुरा बाहुला भएको लुगा र जुत्ता लगाएर) अवलम्वन गर्नुपर्छ । पर्खनु पर्ने समयको ख्याल गरौ र जथाभावी बिषादीको दुरुपयोग नगरौं ।

सन्दर्भ सामाग्री : Plant Quarantine and Pesticide Management Centre




फौजी किराको पहिचान र व्यवस्थापन सम्बन्धि कार्यक्रम यस लिंकमा
https://anchor.fm/upakar-bhandari-naturelover/episodes/ep-ecqb7k











Read More
  • Share This:  

Wednesday, April 8, 2020

Experiences during World Congress 2016 Indonesia

 Upakar Bhandari     8:52 PM     Agriculture, Entertainment, Health, History, More, Nepal, Tourism     2 comments   


Global world is now as the community todays due to the invention of science and technology.  IAAS (International association of agriculture students and related science) World, the biggest student association of the world connecting the students from different field together making the global world a community. Every year different country organize World Congress focusing on various topics of the world in agriculture. World Congress 2016 was held in Indonesia from July 23 – Aug 13 in five different cities Bogor (Bogor Agriculture University), Bandung (Padjardajan University), Semarang (Dipenagoro University), Yogyakarta (Gaja Madah University) and Malang (Brawajiya University) by IAAS Indonesia with the theme “Plant your future”.
Representing Nepal

WoCo started from Bogor Agriculture University (IPB) on July 23 to July 29 with traditional welcome practice, national song of Indonesia where I experienced   lots of things. It was my great pleasure to upgrade Nepal from Candidate membership to Full membership country in General Assembly with various workshop and discussion programs on various topics and ideas. Practical and theory class on the tissue culture technique in Orchids in Bogor botanical Garden widens the knowledge on tissue culture. Visit to the Sabisa Farm which is one of the Entrepreneurial Farm by IPB, a farm of dragon fruit and hydroponics technology on green leafy vegetables. International Youth Symposium on Creative Agriculture (IYSCA) where young energetic youth around the world present their research papers on various topics that motivate youth to dedicate on the development of agriculture through creative idea transforming the traditional agricultural practice to modern era of the agriculture. ASEAN secretarial office visit clarifies details of their action in 10 South East Asian countries to uplift the living standard of people through agriculture and forestry sector developing various projects. Different games provide more closeness to all the friends from the world making global community.
Delegates from different countries
Second destination of the WoCo 2016 was Bandung from July 30 to August 1 where we visited the Padjardajan University interaction with the university Rector of the university.  Saung Mang Udjo one of the place in in Java island with cultural performance where we had the activities to explore more on Indosian culture and traditional musical instruments. Jendala Alam was another interesting visit where we experienced the different farm activities on livestock, poultry, vegetable production and many more. Salted egg preparation practice was another interesting activity in Jendala Alam. Development fund night in Bandung made the WoCo more exciting where delegate of each country bring the souvenir from their country for the sell and fund raised to aid the travel cost of the student from category A and B in WoCo. Agrowista an organic agricultural company visit show the knowledge on organic agriculture product and production of bio fertilizer from the byproduct of industry.
Cultural Fashion show during WoCo 2016
Semarang was the third destination from August 2 to August 3 where we visited Dipenogoro University and administration team of the university. Plantation of mangrove plant (Guardian of the coastal region) at Merin beach was more fascinating. Village Concept Project (VCP) by IAAS local Committee   of Dipenogoro University in Gemawang village ginger cultivation and production of ginger chocolate concept was inspiring. We practiced Batik preparation on our own design in this village and know about the procedure of Batik. Excursion to the Agrowista Sidomuncul , an organic industry with organic products and organic fertilizers from the byproducts.

After the session from Semarang we moved to Yogyakarta, central java from August 4 to August 8 with various activities in Gaja Madah University. General assembly remaining session in Yogyakarta was more interesting with the presence of various country for selection of new executive committee 2016/2017 and amendment of the IAAS constitution. In the poster and country presentation delegates share about the activities by IAAS and agriculture status in their countries. Workshop on the project discussion on No Food Wastage, Women in Agriculture, IAAS talks helps to create the action and program in IAAS. We visited Imina farm with multi agricultural commodity production with the use of modern agricultural technology and experience the traditional way of rice plantation practice. The practical class to make jam and juice from the Dragon fruit in Sabila farm and different gaming activities make the visit more interesting.
Presenting activities of IAAS Nepal
August 9 to August 13, the last session of the WoCo 2016 by Local committee of Brawijaya University, Malang.  International youth climate summit in Brawijaya University was a great platform to know the about the burning issue climate change with the theme Industrial development Vs Environmental conservation. Global leaders around the world who have great contribution present their activities to reduce the climate change for the sustainable environment. Green company presentation with its activities in various countries of the world to produce the eco-friendly products from wastage materials was awesome. The most unforgettable moment and great experience was in the Taji village of Malang, inhabitant of Javanese people. Plantation program with the tag of each country and sharing by the village major about the village their living style makes to experience Indonesian village life interesting. Homestay in the villager’s house and to experience their living style with their traditional food taste. We had plantation of the coffee, harvesting cabbage, cassava, and visit to the apple orchard with the villagers. Kota Batu Animal husbandry and training center where we observed the meat processing and milk processing technique. Rafting in Kota Batu River during the departure day was awesome with awesome friends.

WoCo 2016 in Indonesia was awesome with lots of fun, knowledge, sharing and visit to various location of java island with delegates from 25 different countries. Development fund help me to attend the WoCo as delegate from Nepal. Thank you IAAS World for this great platform. All the moments we have with global friends is all about the friendship and memories.
Some memories during WoCo 2016 in Video

Connecting People Creating Opportunities
Go Further
Go IAAS



Read More
  • Share This:  

Wednesday, June 20, 2018

International Music Day...................... If music be the food of love, play on. Shakespear

 Upakar Bhandari     9:00 PM     Entertainment, Health     No comments   

”Music expresses that which cannot be put into words, and that which cannot remain silent.”
~ Victor Huge


There’s nothing in the world like the sound of your favorite song coming on, it just gets right into your head and your body and makes you move. Or maybe it takes you on a journey to a faraway place and time, where you languish in a memory of times gone by and people who are no longer present. Some of our favorite songs can lift us up out of depression and sorry, and make an otherwise horrible day suddenly seem like it’s not so bad. World Music Day celebrates music in all its forms and the impact it’s had on the world and the human spirit.

History of World Music Day

Music has existed for as long as mankind has found its voice, and quite possibly before. Every culture of the world has it’s own form of music, as distinct and unique to its area as language and cuisine. In the western world, we are familiar only with scale, that known as the diatonic scale which should be familiar to anyone who took music classes or choir in school. But this is not the only or even the first scale that music can use.

There’s the chromatic scale, which has 12 notes instead of the 7, and the octatonic scale, which has 8 notes, but these are just the beginning. In every part of the world, there are different scales and musical formats used, and these create a form of music that has its own signature. Then when you add in the cultural themes, the variety of instruments, and the forms of voice singing that can go along with it, music is a truly endless adventure. World Music Day celebrates this adventure and those that dare to take it.

How to Celebrate World Music Day


The best way to Celebrate World Music Day is to spend the day listening to all your old favorites, and if you’re truly feeling adventurous start exploring YouTube for music from different cultures. You can explore Finnish and Hungarian, Italian and Mongolian, and then start digging into the folk music. With sources like these, it’s easier than ever to explore the panorama of musical experiences the world has to offer, and you can do it all from the comfort of your own home. Of course, you could always pick up an instrument and start adding your own voice to the choir!
Read More
  • Share This:  

Yoga for Peace

 Upakar Bhandari     8:45 PM     Health     1 comment   

Yoga is an ancient physical, mental and spiritual practice. The word ‘yoga’ derives from Sanskrit and means to join or to unite, symbolizing the union of body and consciousness.
Today it is practiced in various forms around the world and continues to grow in popularity.

Recognizing its universal appeal, on 11 December 2014, the United Nations proclaimed 21 June as the International Day of Yoga by resolution 69/131.
The International Day of Yoga aims to raise awareness worldwide of the many benefits of practicing yoga.


Yoga for Peace

The theme for the 2018 celebration,  is 'Yoga for Peace.'
Read More
  • Share This:  
Older Posts Home

Popular Posts

  • Experiences during World Congress 2016 Indonesia
    Global world is now as the community todays due to the invention of science and technology.   IAAS (International association of agricult...
  • रैथाने केराका कुरा
      केराका कुरा सत्यवती गाउँपालिका वडा नं-६ चेंगाका कृषक हरिलाल ढकालले लगाउनु भएका विभिन्न रैथाने केराका जात अनि तिनका गुणका कुरा l १. डीग्नी...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ▼  2023 (1)
    • ▼  March (1)
      • रैथाने केराका कुरा
  • ►  2022 (2)
    • ►  November (1)
    • ►  January (1)
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ►  2019 (9)
    • ►  December (1)
    • ►  November (2)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ►  2018 (20)
    • ►  December (1)
    • ►  November (5)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ►  March (1)
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
  • सुन्दर जीवन
  • Experiences during World Congress 2016 Indonesia

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala