Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More

Tuesday, November 26, 2019

घट्दैछ हाम्रो परम्परागत कृषि खाद्यान्नको प्रयोग

 Upakar Bhandari     4:51 AM     No comments   



कृषि प्रदान देश नेपाल जहाका ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छन् l नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ l बढ्दो सहरीकरण र आधुनिकरणले ग्रामिण परिबेशमा पनि आधुनिकता भित्रिरहेको छ जसको कारणले गर्दा परम्परागत कृषि खाद्यान्नको प्रयोग  पनि घट्दै गएको छ l अतिथि देबो भब: नेपाली  संस्कृतिको  सबैभन्दा पहिलो बिशेषता जसले गर्दा पाहुनालाई गर्ने मान सम्मान विश्व माझ परिचित छ l
कुनै बेला थियो पाहुना आउदा घरमा भएको  मकै , सिरम्ला , खट्टे भुटेर महि संग खुवाउने खाजाको रुपमा l बहुसांस्कृतिक, बहुजातियुक्त हाम्रो समाजमा आफ्नै तरिकाले पाहुनालाई सत्कार गर्ने चलन छ l

नेपालमा  प्रचलित परम्परागत खाद्यन्न:
Ø  मकै , भटमास , खट्टे , सिरम्ला भुटेर खुवाउने
Ø   गाईको गोरस वा भैसीको महि
Ø  कोदो , चामल , फापरको रोटि
Ø  घरको करेसाबारीमा उत्पादित फलफुल तथा तरकारी


तर आजभोली यो संस्कृति हट्दै गएको छ l पाहुना  आएमा सिदै बजारमा पाइने चाउचाउ , पाउरोटी आदि खालका जंक खाद्यन्नको प्रयोग बढ्दो छ l घरको परम्परागत खाद्यन्न खुवाउनु भन्दा बजारमा पाइने खाद्यान्न खुवाउदा बढी प्रतिष्ठाको  बिषय बनिसकेको छ l यो खालको प्रवृतिले पनि परम्परागत खाद्यन्न घट्दो छ l यो सोच्न पर्ने बिषय बनेको छ l
त्यसै गरि स्थानीय स्तरमा उत्पादित खाद्यान्न पौष्टिकताको  दृष्टिले  पनि महत्वपूर्ण रहेका छन् l अहिले बजारमा उपलब्ध मोमो , चाउचाउ , चाउमिन , लगायतका अन्य चिज स्वास्थ्यको  दृष्टिले  पनि फाइदा जनक हुदैनन् l

नेपालमा कृषि पर्यटनको सम्भावना पनि धेरै छ l जसकालागि यी परम्परागत खाद्यान्न पनि कृषि पर्यटनको महत्वपुर्ण पाटो हुन् l धेरै आन्तरिक तथा बाह्य पर्यटक यस्तै खाद्यान्नको अनुभब लिन पनि आउने गर्दछन l नेपाली समुदायमा लोप हुदै गएको  यो संस्कृतिलाई आ-आफ्नो   स्थानबाट  महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ l

  • Share This:  
Newer Post Older Post Home

0 comments:

Post a Comment

Popular Posts

  • Agritourism In Nepal
    Agritourism comprise of two words ‘Agriculture’ which means the process  of cultivation of crops, fruits, vegetables and livestocks f...
  • Experiences during World Congress 2016 Indonesia
    Global world is now as the community todays due to the invention of science and technology.   IAAS (International association of agricult...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ►  2023 (1)
    • ►  March (1)
  • ►  2022 (2)
    • ►  November (1)
    • ►  January (1)
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ▼  2019 (9)
    • ►  December (1)
    • ▼  November (2)
      • Rainbow trout fish farming system in Nepal
      • घट्दैछ हाम्रो परम्परागत कृषि खाद्यान्नको प्रयोग
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ►  2018 (20)
    • ►  December (1)
    • ►  November (5)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ►  March (1)
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
  • सुन्दर जीवन
  • Experiences during World Congress 2016 Indonesia

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala