Upakar Bhandari
  • Home
  • About
  • Agriculture
  • History
  • Tourism
  • Entertainment
  • More

Sunday, November 4, 2018

उज्यालो को पर्व दिपावलीका पाच दिन

 Upakar Bhandari     8:02 PM     No comments   


प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हो  । 
चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । 
यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ । 

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।

तिहारको दोश्रो दिन  कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । 

तिहारको तेश्रो दिन  कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ । 

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् ।

कात्तिक शुक्ल प्रतिपदा तिहारको चौथो दिन गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ । 
कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका वा तिहारको पाचौ तथा अन्तिम दिन हो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । 

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ । 
 श्रोत : उज्यालो अनलाइन

  • Share This:  
Newer Post Older Post Home

0 comments:

Post a Comment

Popular Posts

  • Hindus celebrate Ekadashi planting Tulsi plant
    Hindus across Nepal are celebrating the Harishayani Ekadashi festival, the first day of the four-month holy period of Chaturmas with fasti...
  • Experiences during World Congress 2016 Indonesia
    Global world is now as the community todays due to the invention of science and technology.   IAAS (International association of agricult...

Like on Facebook

Agriculture Nepal

Categories

  • Agriculture
  • Entertainment
  • Health
  • History
  • More
  • Nepal
  • Religion
  • Tourism

Blog Archive

  • ►  2023 (1)
    • ►  March (1)
  • ►  2022 (2)
    • ►  November (1)
    • ►  January (1)
  • ►  2020 (4)
    • ►  May (1)
    • ►  April (2)
    • ►  January (1)
  • ►  2019 (9)
    • ►  December (1)
    • ►  November (2)
    • ►  September (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  March (1)
    • ►  January (1)
  • ▼  2018 (20)
    • ►  December (1)
    • ▼  November (5)
      • Chhath - Festival of praying sun
      • Tihar- Festival of light
      • Kukur (Dog) Tihar- Second day of Tihar
      • Kaag Tihar- First day of Tihar
      • उज्यालो को पर्व दिपावलीका पाच दिन
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (2)
    • ►  June (9)
    • ►  March (1)
  • ►  2016 (1)
    • ►  December (1)
  • ►  2015 (1)
    • ►  September (1)

Top 4 Posts

  • पोखरा महानगरपालिकाको पुम्दी भुम्दिमा गरिएको काक्रो खेति तरिका
  • मकै बालीमा लाग्ने अमेरिकन फौजीकीरा र यसको व्यवस्थापन
  • सुन्दर जीवन
  • Experiences during World Congress 2016 Indonesia

About me

I am agriculture student at AFU, Rampur. I want myself to involve in eco friendly behaviour for the sustainability in the environment. See more

Total Visits

Copyright © Upakar Bhandari | Site by Jwala